रक्तदान र सहज ब्यबस्थापन बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न


विनोद तुलाधर/ २०८० जेष्ठ २६ गते शुक्रबार विश्व तक्तदाता दिवस १४ जुन २०२३ को अवसरमा ब्लड डोनर्स एशोसियसन नेपाल ( ब्लोदान ) को आयोजना तथा परोपकार प्रशुती तथा स्त्री रोग अस्पतालको सह – आयोजनामा परोपकार प्रशुती तथा स्त्री रोग अस्पताल परिषरमा दिनको ३:३० बजाे आयोजीत स्वयंसेवि रक्तदान र सहज ब्यबस्थापन बिषयमा कठिनाइ तथा चुनौति विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भयो।

परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका निर्देशक डा.श्री प्रसाद अधिकारीज्युको प्रमुख आतिथ्य तथा ब्लोदानका केन्द्रिय अध्यक्ष इ.सानुबाबु प्रजापतिज्युको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीर अस्पतालबाट डा.निरज सिंह, केन्द्रिय रक्तसञ्चार सेवाबाट निर्देशक दिब्यराज पौडेल, कान्तिपुर रक्त संचार सेवाका प्रमुख टिकाराम मण्डल, INBDA का अध्यक्ष अजय सत्याल,परोपकार स्त्री रोग अस्पताल रक्तसञ्चारका प्रमुख परशुराम दाहाल लगायतका अतिथि हरुले उपस्थित स्वयंसेवी रक्तदाताहरुकाे जिज्ञासाकाे जवाफ दिनु भएको थियो ।

सो कार्यक्रममा बोल्नु हुँदै टिकाराम मण्डलले रगत माग गर्दा प्रक्रिया नपुगेको देखिएको । लगेको रगत सबै खपत नभएमा सम्बन्धित रक्तसञ्चार सेवामा फिर्ता पठाइ दिनु भएमा अभाव कम हुने देखिन्छ । उहाँले सनिवार बढी रगत संकलन हुने भएकोले अन्यबारहरुमा पनि नियमित गर्नु पर्ने आवस्यकता रहेको औल्याउनु भयो ।

त्यस्तै परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका पर्शुराम दाहालले – रगत ब्यबस्थापनमा अस्पतालको बढी भुमिका रहने भएको हुदा ब्यबस्थापनमा ध्यान दिन सकेमा रगत ब्यबस्थापन गर्न सहज हुने देखिन्छ । सोही कार्यक्रममा केन्द्रिय रक्तसञ्चारका पुर्व निर्देशक डा.मनिरा राजकर्निकारले समयमा रगत ब्यबस्थापन हुन नसकेकोमा बिरामिको उपचारमा समस्या आउने देखिन्छ । रगतको संकलन परिक्षण गर्दा सम्म गुणस्तरमा ध्यान दिनु पर्ने देखिन्छ ।

वीर अस्पताल हेमाटोलोजी विभागका डा. निरज सिंहले नेपालमा रक्तदाताको अभाव भएको नभइ सहि व्यवस्थापनको अभाब रहेको बताउनु भयो । संकलित रगतकव उचित ब्यवस्थापनमा समस्या देखिएको छ । ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापति महत्वपुर्ण कार्यक्रम भएको ब्यहोरामा रक्तदान गर्ने संघसंस्थाको प्रतिनिधि हुनु पर्ने । स्वयंसेवि रक्तदान अभियानलाई यसरी आफै बढाउने झै बिषयमा सोछ भएको । अस्पतालले समेत ब्यबस्थापन समितिमा ब्लोदानलाइ राख्नु पर्ने बताउनु भयो । 

कार्यक्रमको अन्तमा ब्लोदानका केन्द्रिय अध्यक्ष इ सानुबाबु प्रजापतिले प्रमुख अतिथि लगायत विशेष अतिथिहरुलाइ मायाको चिनो प्रदान गर्नु भएको थियो ।

यस्तै विश्व रक्तदाता दिवसको साता व्यापी कार्यक्रम अन्तर्गत भोली २०८०/०२/२७ गते शनिवार विहान ७ बजे च:मति चोक खुसीबु बाट बलम्बु सम्म जनचेतनामुलक साइकल र्याली विहान १० बजे देखि जोशी समाजले आयोजना गरेको बसन्तपुरमा रक्तदात तथा सोही समयमा सहयोगी महिला जागररण मञ्चले आयोजना गरेको मैतिदेवि परिषरमा रक्तदानकव कार्यक्रम भएकव हुदा सहभागीताको लागी ब्लोदानले आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

स्वयंसेवी रक्तदान र सहज ब्यवस्थापन बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू