सहयोगी महिला जागरण मञ्चद्वारा रक्तदान सम्पन्न


ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान )को आह्वानमा सहयोगी महिला जागररण मञ्चले मैतिदेवि मन्दिर परिषरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व रक्तदाता दिवस २०८० को अवसरमा ब्लोदानको साताव्यापी कार्यक्रम अन्तर्गत रक्तदान सम्पन्न भएको हो ।

आजको यस रक्तदान कार्यक्रममा २८ जना स्वंयसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । जसमध्ये ११ जना रक्तदाता महिला रहनु भएको थियो भने १७ जना पुरुष रक्तदाताको सहभागीता रहेको थियो । कार्यक्रम निर्धारित समय १० बजे सुरु गरी २ बजे अन्त्य गरीएको थियो ।

यस्तै भोली ब्लड डोनर्स एसोशियसन नेपाल ( ब्लोदान )को आह्वानमा हुने साता व्यापी कार्यक्रम अन्तर्गत आइडल स्कुल तारकेश्वरमा विहान १०: ३० बजे विद्यालय स्तरिय उपत्यका व्यापी बक्तृत्वकला प्रतियोगीता हुदैछ । उक्त कार्यक्रममा सहभागी हुन ब्लोदान आह्वान गर्दछ ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू