च:मती‌ – खुसिबुँ बाट बलम्बु साइकल र्याली सम्पन्न


साइकल चलाऔं, स्वस्थ बनौं। नियमित रक्तदान तथा प्लाज्मा दान गरौं भन्ने नारा का साथ रक्तदान सचेतना साईकल र्‍याली सम्पन्न भयो। ब्लोदान केन्द्र को आयोजना तथा ब्लोदान काठमाडौं मध्य क्षेत्र को सह आयोजना र ब्लोदान चन्द्रागिरि नगर समिति को बिशेष समन्वय मा भएको उक्त कार्यक्रम को समापन चन्द्रागिरि नगरपालिका १२ बलम्बुको क्वाथ छें परिसरमा भयो।

ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्र र ब्लोदान नगर कमिटीको संयुक्त सह-संयोजनामा रक्तदान जनचेतनामुलक साईकल र्याली ब्लोदान केन्द्रीय अध्यक्ष श्री सानु बाबु प्रजापति ज्यू को सभापतित्वमा सम्पन्न भयो। उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सदस्य श्री बिराज भक्त श्रेष्ठ,बिशेष अतिथि का म न पा वडा नं १५ प्रमुख श्री ईश्वर मान डंगोल का साथै अतिथि ज्यू हरु मा, श्री देब रत्न डंगोल – समाजसेवी, श्री भगवान प्रजापति – च:मती का म न पा कान्तिपुर कबड्डी का अध्यक्ष, श्री पुर्ण काजी ज्यापु – समाजसेवी, श्री सुवर्ण मान श्रेष्ठ – अध्यक्ष- च:मती टोल विकास समिति, श्री राजु खरेल – समाजसेवी, श्री महेन्द्र कार्की – अध्यक्ष – त्यस्ता गणेश र सरस्वती मन्दिर संरक्षण समिति, श्री राजु महर्जन – सन्यं गुना छें च:मती – समाजसेवी, श्र रमेश सुनर – अध्यक्ष – स्वयम्भू एथलेटिक्स ट्रेनिङ्ग क्लब लगायतका व्यक्तीत्वहरुको उपस्थिति रहेकव थियो ।

यस साइकल र्याली अनौपचारीक कार्यक्रम गरी शुरुवात गरीएको थियो र्यालीमा २१० जनाको सहभागिता रहेको थियो भने कार्यक्रम निर्धारित समय भन्दा केही ढिलो शुरु भएको थियो । र्याली जाने क्रममा ठमेल स्थित श्री कृष्ण प्रसाद मानन्धर ज्यू द्वारा जुस तथा पानी वितरण गरी साईकल र्याली लाई स्वागत गरेका थिए । तेस पस्चात ठमेल मै पासा: नेवारी किचेन रेष्टुरेन्ट मंडला स्ट्रित द्वारा break fast बाट सम्पुर्ण साईकल र्याली सहभागी हरुलाई स्वागत गरेका थिए भने पासा: नेवारी किचेन रेष्टुरेन्ट mandala street का संचालक श्री कपिल महर्जन द्वारा सबै cyclist हरुलाई शुभकामना र हौसलाका भनाइ राखी thamel बाट बिदाइ गरेका थिए । तएसऐगरई ब्रम्हटोल ,कुमाननी मा पनी टोलका सबै जसो बेक्तीहरुले सबै cyclist हरुलाई पानी,केरा,जुन र ग्लुकोज पानीले स्वागत गरेका थिए। कुमाननी समाबेशी टोल सुधार समिति सम्पूर्ण पदाधिकारी ज्यू हरु द्वारा सस्तो रक्तदान जनचेतनामुलक कार्यक्रम साईकल मात्र नभई अन्य कार्यक्रमहरु पनि गर्नु भएको थियो सबै cyclist सामु र सधै साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । ह्यूमत टोल सुधार समिति द्वारा पनि ह्यूमत चोकमा सबै cyclist हरुलाई चना, अण्डा,केर,जुस तथा पानी ले भब्य स्वागत गरेका थिए।
ह्यूमत टोल का समाजसेवी श्री राकेश महर्जन ज्यू द्वारा सबै cyclist ज्यू हरु लाई स्वागत सम्मान मन्तब्य राखी बिदा गरेका थिए।

साकल र्याली बिहान ७:०० बजे च:मति चोक, रोपवे सडक, काठमाडौं १५ बाट शुरु भइ ‌च:मती‌ – खुसिबुँ – सोर्‍हखुट्टे – ठमेल – जे पि स्कुल – क्वा:बहाल – ठहिटी – ज्याथा – असन – इन्द्रचोक – जुद्ध शालिक – ॐबहाल – लगन – गोफल – ब्रह्मटोल – वन्देनारायण – ह्युमत – जैशिदेवल – क्वहिती – परोपकार – कालिमाटी – सोल्टिमोड – केन्द्रीय रक्तसञ्चार सेवा – गाइबाच्छा पाटी – सितापाईला -कंलकी चोक – तिनथाना – विष्णुदेवी मन्दिर परिसर – तापख्यः – मच्छेगाँ – खुशीखुशी चोक – ल्हो : खा – मातातिर्थ – किपूल्चा: हुदै बलम्बु- बलम्बुमा पुगी समापन भएको थियो ।

नियमितरूपमा ‌रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´‌भन्ने नाराका साथ विश्व रक्तदाता दिवस १४ जून २०२३ को अवसरमा रगत तथा रक्तदान सम्बन्धी जनचेतनामुलक साईकल र्‍यालि सम्पन्न भएको हो ।

र्यालीमा सहभागी साइकल यात्रीहरुलाइ खानाको व्यवस्था ब्लोदान चन्द्रागिरी नगर कमिटीले गरेको थियो ।

उक्त र्याली सम्मन्न कार्यक्रममा सभापतीत्व ब्लोदान केन्द्रका अध्यक्ष सानुबाबु प्रजापतीले गर्नु भएको थियो भने प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका का वडा नं.१२ का वडा अध्यक्ष न्हुच्छे बहादुर महर्जन लगायत ब्लोदान काठमाडौं जिल्ला का अध्यक्ष जनक कुमार खड्का र मध्य क्षेत्र का अध्यक्ष आर.बी ठकुरीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि न्हुच्छे बहादुर महर्जनले साइकल यात्रामा सहभागीहरु माझ साइकल यात्रा गरी स्वस्थ हुने तथा स्वस्थ भएमा रक्तदान नियमित गर्न सक्ने र रक्तदान सचेतना र्‍याली को रुपमा साइकल र्‍याली ल्याएकोमा खुशी व्यक्त गनुभयो ।

सो कार्यत्रम मा सम्पूर्ण साइकल यात्री हरु तथा अतिथि हरुलाई ब्लोदान चन्द्रागिरि नगर समितिका कोषाध्यक्ष धमेन्द्र महर्जन ले स्वागत गर्नुभएको थियो भने उक्त परिसरमा साइकल यात्री हरु, अतिथि हरु लगायत रक्त दान मा सक्रिय व्यक्ति हरुलाई स्वागत को रूपमा रातो कोखा र टिका ग्रहण गराईएको थियो ।

उक्त कायक्रम मा साइकल र्‍याली मध्ये क्षेत्र का संयो जक मचाकाजी महर्जन रहेको थियो भने ब्लोदान केन्द्र का तर्फबाट संयोजक तथा केन्द्रिय सदस्य श्यामकृष्ण श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।

सम्बन्धित समाचारहरु

रक्तदान जनचेतना मूलक साईकल र्‍याली हुने

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू