स्वयंसेवी रक्तदान : महिलाको भुमिका विषयक अन्तरकृया सम्पन्न


ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)को आयोजनामा र ब्लोदान भक्तपुरको ब्यबस्थापनमा बिश्व रक्तदाता दिवसको सन्दर्भमा भक्तपुर उध्योग बाणिज्य संघको महिला समितिको सहकार्यमा आयोजना भएको स्वयंसेवी रक्तदान : महिलाको भुमिका – अन्तक्रिया कार्यक्रम भक्तपुर उध्योग बाणिज्य संघको सभाहल, ब्यासि, भक्तपुरमा विहान ११ बजे ब्लोदान भक्तपुरका अध्यक्ष श्री रुकेश रन्जितको सभापतित्वमा सम्मन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर उध्योग बाणिज्य संघका अध्यक्ष श्री शिब प्रसाद मानन्धर हुनु हुन्थ्यो भने विशेष अतिथी रोशनी मैया धौबन्जा त्यस्तै डा. मनिता राजकर्णिकार, सूर्य कुमारी श्रेष्ठ, निता घिराइया, श्रीया बल्लका साथै ब्लोदान केन्दका अध्यक्ष इ. सानुबाबु प्रजापती लगायत रक्तदानमा आवध्द महिला हरुको उल्लेख्य उपस्थीती रहेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भक्तपुर उध्योग बाणिज्य संघका अध्यक्ष श्री शिब प्रसाद मानन्धरले पानसमा बत्ती बाली गर्नु भएको थियो भने स्वागत मन्तव्य ब्लोदान केन्द्रका अध्यक्ष ई सानुबाबु प्रजापतीले ब्लोदानको उद्देश्य लगायत विश्व रक्तदाता दिवसको बारेमा जानकारी दिनु भयो ।

सोही कार्यक्रममा भक्तपुर उध्योग बाणिज्य संघका अध्यक्ष तथा आजको यस कार्यक्रमका प्रमुख अतिथि श्री शिब प्रसाद मानन्धरले महिलाहरु पनि रक्तदानको क्षेत्रमा उत्तिकै अग्रसर हुनु पर्ने धारणा राख्नु भयो यस्तै बिशेष अतिथि
रोशनि मैया धौबन्जाले घर परिवार, समाज र अफ्नो ब्यापार ब्यबसायमा मात्र सिमित नभएर ब्लोदानले अघि सारेको रक्तदान जस्तो सामाजिक कार्यमा सकृय हुन अनुरोध गर्नु भयाो । त्यस्तै अतिथि डा. मनिता राजकर्णिकारले रगत र रक्तत्वको बारेमा जानकारी दिनु भयो । ब्लोदानका सल्लाहकार सूर्यकुमारी श्रेष्ठ ले रक्तदान, रेडक्रस र ब्लोदानको बारेमा प्रष्टयाउनु भयो भने सल्लाहकार निता घिराइयाले सबै काम भ्याएर पनि समाजमा नाम उच्च राख्ने भएकोले रक्तदान गर्न प्रेरणा प्रदान गर्नु भयो ।
विश्व रक्तदाता दिवस २०८० को साता व्यापी का्र्यक्रम अन्तर्गत भोली २०८०/०२/३० गते मंगलवार विद्यालय स्तरिय उपत्यका व्यापी चित्रकला प्रतियोगीता भक्तपुर मोर्डन इङ्गलीस सेकेण्डरी स्कुलकमा विहान १०:३० बजे शुरु हुने छ भने
२०८०/०२/३० गते मंगलवार रक्तदान रोजमेरी आइडल स्कुलमा दिनको २:०० बजे हुने भएकोले उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछो ।

सम्बन्धित समाचार

रक्तदानसम्बन्धी उत्प्रेरणात्मक अन्तरक्रिया सम्पन्न

रक्तदान सम्बन्धी उत्प्रेरणात्मक अन्तरक्रिया सम्पन्न

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू