विश्व रक्तदाता दिवस सम्पन्न


नियमितरूपमा ‌रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´‌भन्ने नाराका साथ विश्व रक्तदाता दिवस १४ जून २०२३ साता व्यापी कार्यक्रम गरी ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)ले  आज नेपा व्याङ्क्वेट खुसीवुमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

निर्धारित कार्यक्रम भन्दा केही समय अबेर सुरु भएको कार्यक्रमको सभापति ब्लोदानका अध्यक्ष श्री सानुबाबु प्रजापतिले गर्नु भएको थियो भने प्रमुख अतिथि श्री कृष्ण हरि महर्जन, मेयर, तारकेश्वर नगरपालिका रहनु भएको थियो भने विशेष अतिथि डा.रुणा झा, निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अतिथिहरुमा डा. श्रीप्रसाद अधिकारी, निर्देशक, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, डा.रेखा मानन्धर श्रेष्ठ, सिनियर प्याथोलजिष्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, .श्री उमेश ढकाल, कार्यकारी निर्देशक, ने.रे.सो, श्री श्रवण कुमार श्रेष्ठ, बरिष्ठ अधिकृत, केन्द्रीय रक्तसंचार सेवा, ने.रे.सो., श्री सुर्य कुमारी श्रेष्ठ, संस्थापक एवं वरिष्ठ सल्लाहकार ब्लोदान, श्री दिव्य मणि दिक्षित, संस्थापक ब्लोदान, श्री सुवर्ण राज लम्साल, संस्थाापक ब्लोदान, श्री अजय प्र. खनाल, महासचिव टि.यु .लायन्स ब्लड वैक एण्ड रिसर्च सेन्टर, श्री परशुराम दहाल, इन्चार्ज , प्रसुती गृह रक्तसंचार सेवा, कान्तिपुर रक्तसंचार सेवा, श्री किरण योगी, इन्चार्ज , हिमाल रक्तसंचार सेवा, श्री सुभाष गोयल, वरिष्ठ सल्लाहकार, ब्लोदान, श्री नीता घिराइया, वरिष्ठ सल्लाहकार, ब्लोदान, श्री विदुर खड्का, वरिष्ठ सल्लाहकार, ब्लोदान, श्री लोक नारायण सुवेदी, वरिष्ठ सल्लाहकार, ब्लोदान, सह प्राध्यापक गिरी राज पोखरेल, प्रमुख निर्णायक निवन्ध तथा बतृत्व कला प्रतियोगिता, डा. मनिता राज कर्णिकार, पूर्व निर्देशक, केन्द्रीय रक्तसंचार सेवा, ने.रे.सो, प्रा्राध्यापक राधेश्याम मुल्मी, प्रमुख निर्णायक, चित्रकला प्रतियोगिता को उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्री कृष्ण हरि महर्जन, मेयर, तारकेश्वर नगरपालिकाले पानसमा बत्ती बाली गर्नु भएको थियो भने आजको कार्यक्रमको संचालन ब्लोदान केन्द्रका उपाध्यक्ष श्री उज्वल केसीले गर्नु भएको थियो ।

स्वागत मन्तव्यमा बोल्दै उपाध्यक्ष श्रीराजेश श्रेष्ठले ब्लोदानले लिएको निश्वार्थ मानव सेवामा लाग्न सबैमा आह्वान गर्दै कार्यक्रयममा उपस्थीत सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।

टि.यु .लायन्स ब्लड वैक एण्ड रिसर्च सेन्टरका महासचिव श्री अजय प्र. खनाल ले विश्व रक्तदाता दवसका अवसरमा सम्पुर्ण रक्तदाताहरु प्रति नमन गर्नु भयो । त्यसै गरी टि.यु .लायन्स ब्लड वैक एण्ड रिसर्च सेन्टर आगामी श्रावण महिना भित्र संचालनमा आउने बताउनु भयो । हामीलाइ सहयोय पुर्याउनु हुने सबै प्रति आभार व्यक्त गर्नु भयो ।

संस्थापक एवं बरिष्ठ सल्लाहकार श्री सूर्य कुमारी श्रेष्ठ रक्तदाताहरुलाइ ब्लोदानले उत्प्रेरणा कार्यक्रम मार्फत सचेतना जगाउदै रक्तदानको क्षेत्रमा उल्लेख्य भुमिका खेलेको बताउनु भयो । ब्लोदानलाइ यस्तै रचनात्मक कार्य गर्दै जान शुभकामना व्यक्त गर्नु भयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाले  हामी सधै ब्लोदानको साथमा रहेका छौ । नियमित रक्तदान गर्न रक्तदाताहरुमा आह्वान गर्नु भयो । रगतको गुणस्तर निर्धारण हुन आवस्यक भएको पनि जानकारी दिनु भयो । हिजो बाट नै परोपकार तथा प्रशुती अस्पतालबाट नया सफ्टवेयर प्रयोग गरीएको जसबाट दाताले दान गर्नु भएके रगत कहा कहा पुग्यो भन्ने पुर्ण जानकारी पाउन सकिने बताउनु भयो ।

निवन्ध प्रतियोगीताका निर्णायक डिल्लीराज पोख्रेलले केही निवन्धहरु नेपाली भाषामा र अंग्रेजी भाषामा आएका थिए । निवन्धहरु केही भाषीक  त्रुटीहहरु भए भने केही शिर्षक भन्दा बाहीर रहेको पाइयो । ति सबैलाइ मुल्यांकन गरेर उपयुक्त निर्णय गरीएके बताउनु भयो । विश्व रक्तदाता दिवस समापन समारोहमा विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान र रक्तदाताका सम्बन्धमा जनचेतना मुलक कार्यक्रम आयोजना गरी सफलतापुर्वक सम्मन्न गर्नै विभिन्न संघ संस्थाहरुलाइ १३ वटा विधामा सिल्ड सहित प्रमाणपत्र द्वारा सम्मान गरीएको थियो ।

मितिवारकार्यक्रमआयोजक/ सह-आयोजक
०२/२४/२०८०बुधवाररक्तदान सम्बन्धी जनचेतना र्यालीब्लोदान जिल्ला शाखा ललितपुर
०२/२५/२०८०बिहिवाररक्तदान सम्बन्धी जनचेतना र्यालीब्लोदान पुर्वि भेगीय क्षेत्र
०२/२६/२०८०शुक्रबारस्वंयसेवी रक्तदान : रगत व्यवस्थापनका कठिनाइ तथा चुनौती विषयक अन्तकृयाप्रशुतीगृह
०२/२७/२०८०सनिवाररक्तदानजोशी समाज
०२/२७/२०८०सनिवाररक्तदानसहयोगी महिला जागररण मञ्च
सनिवाररक्तदानदेव बहादुर डंगोल कोष
०२/२८/२०८०आइतवारविद्यालय स्तरिय उपत्यका व्यापी बक्तृत्वकला प्रतियोगीतारोजमेरी आइडल स्कुल तारकेश्वर
०२/२८/२०८०आइतवाररक्तदानबागेश्वरी हेल्थपोष्ट भक्तपुर
०२/२९/२०८०सोमवारस्वंयसेवी रक्तदान : महिलाहरुको भूमिका अन्तकृयाब्लोदान भक्तपुर जिल्ला भक्तपुर
२०८०/०२/३०मंगलवारविद्यालय स्तरिय उपत्यका व्यापी चित्रकला प्रतियोगीताभक्तपुर मोर्डन इङ्गलीस सेकेण्डरी स्कुल
२०८०/०२/३०मंगलवाररक्तदानरोजमेरी आइडल स्कुल
२०८०/०२/३०मंगलवाररक्तदानलालिमा बचत तथा ऋण सहकारी संस्था
२०८०/०२/२० रक्तदानस्मार्ट एरोविक्स / भिजा एलायन्स/

‘म रक्तदान गर्नेछु’ शिर्षकमा भएको उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालय (कक्षा ९ र १०) स्तरीय निबन्ध प्रतियोगितामा भाग लिइ ब्लोदानलाइ निवन्ध पठाउने १४२ जना भाइ बहिनीहरुको निवन्ध मध्ये ३ जना भाइ बहिनीहरुको निवन्ध उत्कृष्ठ भएको जसमा पहिलो स्थान हात पार्न सफल बुध्दनगर स्थित के.एम.सी स्कुलका कृतिका जि.सी उनले प्राप्त गरेको अंक ४२ रहेको थियो भने भक्तपुर स्थित सैनिक आवासिय माध्यामिक विद्यालयका आयुषा बन्जारा ४१.३३ अंकका साथ दोश्रो स्थान हात पार्न सफल भइन भने काठमाण्डौ जोरपाटी स्थित डाफोडिल पब्लीक स्कुलका अटलदेव ढकाल ४०.६७ अंकका साथ तेश्रो स्थान हात पारेका थिए । विजेता भाइ बहिनीहरुले जनही क्रमश ५०,०००।-, २५,०००।-, र १०,०००./- हात पारेका छन यो पुरस्कार रकम ब्लोदानका संस्थापक तथा विश्व रक्तदाता अर्जुन मैनालीबाट स गौरव प्राप्त भएको हो

त्यस्तै ब्लड फण्डमा सहयोग गर्नुहुने सहयोगदाताहरुलाइ सम्मान र रक्तदाताहरुलाइ डोनर पिन सिल्भर , गोल्डेन , डायमण्ड वितरण गरीनुका साथै २०७९ सालमा रक्तदानका क्षेत्रमा उत्कृष्ठ योगदान पुर्याउनु हुने संस्था महालक्ष्मी बिकास बैंक, पशुपती मारवाडी सेवा समिती, स्वेता श्रेष्ठ व्लड फाउण्डेसन, फुर्तिलो नेपाल, नाथम कलेज, आयन सेभिङ्ग एण्ड क्रेडिट संस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल क्रिष्टियन सोसाइटी, ब्लोदान मध्यक्षेत्र लगायतलाइ रनिङ्ग सिल्ड प्रदान गरीएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिले ब्लोदानका हरेक गतिविधीहरु सह्रानिय भएको र आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रमका सभापति श्री सानुबाबु प्रजापतिले ब्लोदाको बारेमा जानकारी दिदै हाल सम्म ब्लोदानले गरीआएका कार्यहरुका बारेमा जानकारी दिदै समारोहको अन्त्य भएको घोषणा गर्नु भयो ।

सम्बन्धित समाचारहरू

विश्व रक्तदाता दिवस : ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ,जीवन बचाउने कार्यमा हातेमालो गरौँ’

रक्तदान सम्वन्धि सचेतना बढाउनुपर्नेमा जोड

‘नियमितरूपमा ‌रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´भन्ने नाराका साथ विश्व रक्तदाता दिवस सम्पन्न

ब्लड डोनर्स एशोसिएसन नेपाल ब्लोदान केन्द्रद्वारा आयोजित बिश्व रक्तदाता दिवस जुन १४ समापन

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू