विद्यालयमा रक्तदान सम्पन्न


२०८०/०२/३० । विश्व रक्तदाता दिवस २०८० को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ब्लोदानको आयोजना र रोजमेरी वोर्डिङ्ग स्कुल मनमैजुको सह-आयोजनामा आयोजित उक्त कार्यक्रममा ब्लोदान केन्द्रका केन्द्रिय सचिव, पुरुषोत्तम खत्री, केन्द्रिय सदस्य कविन्द्र रिमाल र किसोर राज वन्त समेतको उपस्थिति थियो । त्यसैगरी काठमाण्डौं जिल्लाका अध्यक्ष जनक कुमार खड्का, मध्य क्षेत्रका अध्यक्ष राम बहादुर ठकुरी लगायत ब्लोदानका अन्य सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको शुरुवात रोजमेरी वोर्डिङ्ग स्कुल मनमैजुका प्रधानाध्यापक दुर्गा दाहाल ज्यूले रक्तदान गरी शुरुवात गरीएको थियो । यस कार्यक्रममा उहा सहित २४ जना संयसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू