ब्लोदानको २६औ साधारण सभा सम्पन्न


ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) केन्द्र को २६औ साधारण सभा नेपा ब्याङ्क्वेट खुसीबु नयाबजारमा सम्पन्न भएको छ ।

कार्यक्रममा परोपकार प्रशुती तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्री प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्मपन्न भएको हो । यस्तै कार्यक्रमको सभापती ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का अध्यक्ष ई सानुबाबु प्रजापती रहनु भएको थियो भने अतिथिहरु, नरोत्तम बैध्द बरिष्ठ समाजसेवी एवं पूर्व बागमति प्रदेश सदस्य, श्री सूर्य कुमारी श्रेष्ठ संस्थापक एवं वरिष्ठ सल्लाहकार, श्री सुवर्ण राज लम्साल संस्थापक ब्लोदान,  श्री दिव्यराज पौडेल निर्देशक केन्द्रीय रक्तसंचार सेवा नेरेसो, दिब्य मणि दिक्षित, श्री परशुराम दाहाल इन्चार्ज प्रशुतीगृह रक्तसंचार सेवा, श्री टिकारम मण्डल इन्चार्ज कान्तिपुर रक्तसंचार सेवा, श्री सुभास गोयल बरिष्ठ सल्लाहकार ब्लोदान, श्री सूर्यलाल महर्जन सल्लाहकार ब्लोदान श्री सुभद्रा खड्का सल्लाहकार ब्लोदान, श्री किशोर रत्नशिख्राकार अध्यक्ष क्लव २५ नेपाल, श्री जनक कुमार खड्का ब्लोदान काठमाण्डौ जिल्ला शाखा, श्री गणेशकुमार रञ्जीत अध्यक्ष काभ्रेपलाञ्चोक रहनु भएको थियो । यस साधारण सभा कार्यक्रमको सचांलन उपाध्यक्ष उज्वल केसी ले गर्नु भएको थियो ।

स्वागत मन्तव्य उपाध्यक्ष राजेश श्रेष्ठले गर्नु भएको थियो ।

साधारण सभाको शुरुवात राष्ट्रिय गानबाट शुरु भएको थियो भने रक्तदानका क्षेत्रमा उल्लेख्य योगदान गर्ने संस्थाहरुलाइ सम्मान समेत गरीएको थियो ।

साधारण समामा आ.ब.२०७९/०८० को बार्षिक कार्य प्रगती विवरण महासचिव श्री केशव महर्जन र लेखा परिक्षकको प्रतिवेदन कोषाध्यक्ष श्री मचाकाजी महर्जन बाट प्रस्तुत गरी आगामी कार्ययोजना सुधार सहित सर्व सम्मत्तिले पारीत गरीएको थियो ।

२६औ साधारण सभामा रक्तसंचार तर्फ श्री दिव्यराज पौडेल निर्देशक केन्द्रिय रक्त संचार सेवा नेरेसो, ब्लोदान अफ दि इयर तर्फ श्री राधिका श्रेष्ठ केन्द्रीय सदस्य र सल्लाहकार तर्फ श्री राजेन्द्र प्रसाद श्रेष्ठ सल्लाहकार, ब्लोदानलाइ सम्मान गरीएको थियो ।

त्यस्तै ब्लड फण्ड तर्फ १. श्री सुमना शाक्य, बहति नयाबजार, काठमाण्डौ, २. अर्जुन प्रसाद मैनाली, अनामनगर हाल अमेरीका, ३. उज्वल के.सी तिनकुने काठमाण्डौं, ४. दिव्यमणि दिक्षित, विशालनगर, काठमाण्डौ, ५. प्रतिक्षा प्रजापती, नयाँबजार काठमाण्डौ, ।

आज सम्मन्न यस साधारण सभामा साप्ताहिक रक्तदान गर्ने संस्थाहरुलाइ समेत सम्मान गरीएको थियो जसमा

  • पशुपति मारवाडि सेवा संघ नयाँ सडक काठमाण्डौं २. नेरेसो, महाबौध्द  उपशाखा महाबौध्द ३. नेरेसो चावहील पशुपति बौध्द उपशाखा, चावहिल ४. संकटा क्लव टेबहाल ५. गणेशमान सिंह अध्ययन प्रतिष्ठान गौशाला ६. लायन्स क्लव अफ काठमाण्डौं चावहिल ७. लायन्स क्लव अफ काठमाण्डौ सिटी ८. देव कर्नर सेवा समिति नक्साल काठमाण्डौं ९. शान्ति ज्ञान सत्सङ्ग मण्डल बानेश्वर १०. अर्थमणि बहुउद्देश्यीय सहकारी संस्था लि. डिल्लीबजार

कार्यक्रममा संस्थाका संस्थापक दिव्यमणि दिक्षित ज्यूले ब्लोदानको इतिहासका बारेमा प्रकाश पार्नु भयो ।  उहाले स्वच्छ सफल नेतृत्व रहदा सम्म संस्था सधै अगाडी बढीरहने र यसै गरी निरन्तर बढी रहनेमा विश्वास व्यक्त गर्नुका साथै ब्लड फण्डका संचालनका लागी रु २००००/- रुपैया सहयोगको घोषणा गरी आज सभाहलमा १०००० रुपैया हस्तान्तरण समेत गर्नु भयो ।

सुवर्णराज लम्सालले ब्लोदान स्थापनाकालमा भएका आरोह अवरोहका बारेमा जानकारी गराउदै हाल ब्लड डोनर्स एशोसियसन नेपालले खेलेको भुमिकाको प्रशंशा गर्नु भयो ।
फोटोझलकका लागी यहा क्लीक गर्नु होला

सम्बन्धित समाचारहरु
ब्लोदानको २६ औ साधारण सभा हुने

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू