२०७८/११/१९ गते सातौ राष्ट्रिय रक्तदाता दिवस २०७८ को उपलक्षमा ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) को आह्वानमा लायन्स क्लव अफ काठमाण्डौं खास्ती, लियो क्लव अफ काठमाण्डौं खास्ती, खास्ती नेवाः पुच र लायन्स क्लव अफ काठमाण्डौं इन्द्रसरोवरको संयुक्त आयोजनामा सातौ राष्ट्रिय रक्तदाता दिवस २०७८ को साताव्यापी कार्यक्रम अन्तर्गत आज तेश्रो दिन बौद्ध फुलवारी स्थित महेन्द्र बौद्ध स्कुल परिषरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथी डिक्ट्रिक्ट 325 A1 का डिक्ट्रिक्ट गभर्नर रेवत बहादुर कार्की सहित ५० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । गभर्नर कार्कीले यस्तो पुनित कार्यमा सधै भरी सबैको सहभागी हुन र रक्तदान गर्न र गराउन सदैब लागी रहने बताउनु भयो ।
आजको रक्तदानमा पुरुष ४१ जना र महिला ९ जना समेत गरी जम्मा ५० जनाकाे सहभागीता रहेकोमा A+ve १४, B+ve ११, O+ve १५, AB+ve ८, O–ve १, B–ve १ समुहका रक्तदाताहरु रहेका थिए ।
आज रक्तदान गर्नु हुने सबैलाइ सम्मानपत्र द्वार सम्मान गरीएको जानकारी ब्लोदान केन्द्रिय सदस्य राधिका श्रेष्ठले जानकारी दिनु भयो ।
सन्दर्भ समाचारहरु
सातौं रास्ट्रीय रक्तदाता दिवस 2078 का कार्यक्रमहरु
सुर्यलालको १११ औ पटकको रक्तदान
समाधान (SOLUTION) समाज र त्रि-शक्तीको आयोजनामा गरिएको रक्तदान सम्पन्न
खुल्ला रक्तदान सम्पन्न
सातौं राष्ट्रिय रक्तदाता दिवस