“रक्तदान उत्प्रेरणा” तथा “रक्तदान” कार्यक्रम सम्पन्न


२०७८/११/२१ । सातौं राष्ट्रिय रक्तदाता दिवस २०७८ को सन्दर्भमा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा ऋत एकेडेमीको प्रमुख आयोजना तथा (ब्लोदान) काठमाण्डौं जिल्ला शाखा, ब्लोदान उत्तरी भेगीय क्षेत्र महाराजगञ्ज, मानव विकास समाज नेपाल, हिसान कार्य समिति काठमाण्डौं, संगम क्लव, उमा कुङ्ग फु संघ नेपाल, कान्ति सरोकार समाज, कान्ति सामाजिक तथा साँस्कृतिक केन्द्र तथा ऋत स्टुडेण्ट काउन्सील समेतको सहकार्यमा २०७८/११/२१ गते विहान ८ बजे देखी रक्तदान उत्प्रेरणा र रक्तदान कार्यक्रम गरीएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कामपा वडा नं. ३ का अध्यक्ष दिपक केसी हुनुहुन्थो त्यस्तै विशेष अतिथि हरुमा केन्द्रिय रक्त संचार सेवा जन सम्पर्क अधिकृत राम श्रेष्ठ, (ब्लोदान) काठमाण्डौं जिल्ला शाखाका अध्यक्ष जनक कु्मार खड्का लगायत अन्य पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो चरण अन्तर्गत विहान ८ बजे देखी रक्तदान उत्प्रेरणा कार्यक्रम संचालन गरीएको थियो । कार्यक्रममा प्रमुख अतिथी लगायत सहभागी अतिथी हरुले ब्लोदान ले रक्तदानका क्षेत्रमा गरेको कार्यको चर्चा गर्दै रगत र त्यस संग सम्बन्धित विषयहरुमा उपस्थीत सबैलाइ जाननारी गराएका थिए । साथै यस्ता उत्प्रेरणाका कार्यक्रमहरु ब्लोदानले कामपा भित्रका ३२ वटै वडाहरुमा काठमाण्डौ महानगरपालीका संगको सहकार्यमा संचालन गर्ने भनि बताएको छ ।

कार्यक्रमको दोश्रो चरणमा ऋत एकेडेमीकै प्राङ्गढमा नै संचारलन गरीएको रक्तदान सिविरमा ५ जना महिला सहित २७ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदान गर्नु हुने सबैलाइ सम्मान पत्र द्वारा सम्मान गरीएको थियो । रक्तदानकाे प्राविधिक सहयोग रक्त संचार सेवा शिक्षण अस्पतालको रहेको थियो ।

फोटोहरुका लागी यहा क्लीक गर्नुहोस

सन्दर्भ समाचारहरु

सम्पदा क्षेत्रहरुमा रक्तदान शुरुवात
बनेपामा २७ जनाद्वारा रक्तदान
अर्थलक्ष्मी साकोसकाे रक्तदानमा ४७ जनाले गरे रक्तदान
असं बहाःको खुल्ला रक्तदानमा ५० जनाले गरे रक्तदान
मित्र यूवा क्लवद्वारा आयोजीत रक्तदान सम्पन्न
सुर्यलालको १११ औ पटकको रक्तदान
सातौं रास्ट्रीय रक्तदाता दिवस 2078 का कार्यक्रमहरु
महेन्द्र बौद्ध स्कुलमा रक्तदान सम्पन्न
समाधान (SOLUTION) समाज र त्रि-शक्तीको आयोजनामा गरिएको रक्तदान सम्पन्न
खुल्ला रक्तदान सम्पन्न
सातौं राष्ट्रिय रक्तदाता दिवस

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा