सम्पदा क्षेत्रहरुमा रक्तदान शुरुवात


ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले देशमा रहेका सम्पदाक्षेत्रहरुमा रक्तदान गर्ने कार्यक्रम अन्तर्गत सम्पदा क्षेत्र रक्तदान कार्यक्रमको शुभारम्भ जलविनायक (क्वयना गणेद्य) चोभारबाट शुरु भएको छ ।

आजको कार्यक्रमको संचालन सम्पदा क्षेत्र रक्तदान कार्यक्रमका संयोजक श्यामकृष्ण श्रेष्ठले गर्नु भएको थियो भने सभापतित्व ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)का अध्यक्ष सानुबाबु प्रजापतिले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, विशेष अतिथि : कीर्तिपुर नगरपालिकाका उप-मेयर सरस्वती खड्का रिजाल, कीर्तिपुर नगरपालिका ६ नं. वडा अध्यक्ष न्हुच्छे बहादुर महर्जन त्यस्तै अतिथिहरु ब्लोदान कीर्तिपुर नगर समितिका अध्यक्ष उज्जल महर्जन र प्रगतिशील युवा समूहका अध्यक्ष केशव महर्जनलगायतको उपस्थिती रहेकाे थियो ।

कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले रक्तदानका क्षेत्रमा सहकार्य गर्ने संस्थाहरुलाइ नगरपालीकाले आवस्यक सहयोग गरिरहने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा (ब्लोदान)का अध्यक्ष सानुबाबु प्रजापतिले किर्तिपुर नगरपालीकाले रक्तदाका क्षेत्रमा खेलेको भुमीकाबारे प्रशंशा गर्नु भयो । हाल किर्तिपुर नगरपालीकाले रक्तदान गर्ने संस्थालाइ जनही १५०/- रुपैयाका दरले सहयोग गर्नुका साथै किर्तिपुर नगरपालीकाका सर्व साधारण सबैका लागी केन्द्रिय रक्त संचारबाट निशुल्क रगत उपलवध्द गराइ दिएकोमा यस नगरपालीकाका सम्पुर्ण जनप्रतिनिधीहरु प्रति आभार व्यक्त गर्नु भयो ।

कार्यक्रमका अतिथिहरु सबैले हाल ब्लोदानको कार्यको प्रशंशा गर्नु भयो ।

दशौ अधिवेसन पश्चात बसेको दोश्रो बैठकको निर्णय अनुसार आजको कार्यक्रम सुभारम्भ गरीएको सम्पदा क्षेत्र रक्तदान कार्यक्रमका संयोजक श्यामकृष्ण श्रेष्ठले बताउनु भयो ।

यस कार्यक्रममा ७ जना महिला सहित २७ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदान गर्नु हुने सबैलाइ सम्मान पत्र द्वारा सम्मान गरीएको थियो ।

फोटोहरुका लागी यहा क्लीक गर्नुहोस

सन्दर्भ समाचारहरु

बनेपामा २७ जनाद्वारा रक्तदान
अर्थलक्ष्मी साकोसकाे रक्तदानमा ४७ जनाले गरे रक्तदान
असं बहाःको खुल्ला रक्तदानमा ५० जनाले गरे रक्तदान
मित्र यूवा क्लवद्वारा आयोजीत रक्तदान सम्पन्न
सुर्यलालको १११ औ पटकको रक्तदान
सातौं रास्ट्रीय रक्तदाता दिवस 2078 का कार्यक्रमहरु
महेन्द्र बौद्ध स्कुलमा रक्तदान सम्पन्न
समाधान (SOLUTION) समाज र त्रि-शक्तीको आयोजनामा गरिएको रक्तदान सम्पन्न
खुल्ला रक्तदान सम्पन्न
सातौं राष्ट्रिय रक्तदाता दिवस

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू

अध्ययन गाेष्ठीया शनिवारीय कक्षा