एउटै परिवारका पाँच सदस्यले गरे रक्तदान


विश्व रक्तदाता दिवस १४ जून २०२३ को अवसरमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को आह्वानमा हिजो २०८० जेष्ठ २७ गते शनिबार जोशी समाजको आयोजना तथा ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्र तथा बिनी इन्टरनेशनल प्रा. लि.को सह आयोजनामा बसन्तपुरमा भएको रक्तदान कार्यक्रममा आयोजक जिल्ला जोशी समाज येँ पुच:का अध्यक्ष वीरेन्द्र जोशी लगायत उहाँका परिवारका ५ सदस्यहरूले एकैपटक रक्तदान गरेका छन् ।

कान्तिपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा जम्मा ३८ युनिट रगत संकलन भएको थियो ।
रक्तदाता वीरेन्द्र जोशीले उहाँको हिजो १४२ औं रक्तदान भएको बताउनु भएको छ ।

हाल रगतको सहज व्यवस्थापनको लागि एक घर एक रक्तदाताको अवधारणा आइरहेको समयमा एकै परिवारबाट यसरी रक्तदान हुनु वा परिवारका सबै सदस्यहरू स्वयंसेवी रक्तदाता हुनु यस क्षेत्रको लागि महत्वपूर्ण विषय भएको छ ।

आफ्नो अमुल्य रगत दान गर्नुभएकोमा उहाँहरू लगायत सम्पूर्ण स्वयंसेवी रक्तदाताहरूमा उहाँहरूको योगदानको कदर एवं सुस्वास्थ्यको कामना सहित ब्लोदान हार्दिक धन्यवाद ज्ञापन गर्दछ ब्लड डोनर्स यसोशियसन नेपाल ( ब्लोदान )को आह्वानमा हुने साता व्यापी कार्यक्रम अन्तर्गत आइडल स्कुल तारकेश्वरमा विहान १०: ३० बजे विद्यालय स्तरिय उपत्यका व्यापी बक्तृत्वकला प्रतियोगीता हुदैछ । उक्त कार्यक्रममा सहभागी हुन ब्लोदान आह्वान गर्दछ ।

सम्मन्धित समाचार

सहयोगी महिला जागरण मञ्चद्वारा रक्तदान सम्पन्न

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू