२०७८/१२/१९ ललितपुर । ६३ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा ग्लोबल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ललितपुर जिल्ला शाखाको संयोजनमा ललितपुरको महालक्ष्मी नगरपालिका-५, टिकाथलीमा रक्तदान कार्यक्रम सम्पन्न भयो । आजको कार्यक्रमको प्राविधिक सहयोग परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल रक्तसंचार सेवाको रहेको थियो । कार्यक्रममा उत्साहजनक रक्तदाताहरुको उपस्थिती रहेको […]
ब्लड डाेनर्स एशाेसियसन नेपाल (ब्लोदान) किर्तिपर नगर समितिले आफ्नाे दोश्रो वार्षिक साधारण सभाकाे मिति तय गरी सम्पुर्ण तयारीहरु पुरा गरेको छ । आगामी चैत्र १९ गते शनिवार विहान ७ ३० बजे बाट बैंग रेष्टुरेण्ट कीर्तिपुर-९, नगाउँ दोबाटोमा साधारण सभाकाे कार्यक्रम राखीएकाे कीर्तीपुर नगर समितिका सचिव रोकेश महर्जनले जानकारी दिनु भयो । यस दोश्रो साधारण सभाबाट […]
मिति २०७८ चैत्र १२ गते शनिबार I ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को आह्वानमा ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रको सदस्य रामदेवी श्रेष्ठको पुजनीय पिता स्व. चन्द्रमान महर्जन तथा आमा स्व. मोतिमाया महर्जनको सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरियो । काठमाडौंको बालाजु चोकमा कान्तिपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा जम्मा २७ युनिट रगत संकलन भएको […]
२०७८ चैत्र ११ गते । काठमाडौं महानगरपालिकाको सहयोगमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आयोजनामा तथा कामपा २७ वडाको समन्वयमा रगत तथा रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा कामपा २७ वडाका अध्यक्ष चिनियामान बज्राचार्य, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र के. सी., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक तुलाधर, कामपा २७ वडा सदस्य उर्मिला महर्जन, नेरेसो केन्द्रीय […]
मिति २०७८ चैत्र ५ गते शनिबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को आह्वान, कास्कूनको समन्वय र हसना सोसियल सोसाइटी बलम्बुको आयोजनामा १०औं खुल्ला रक्तदान कार्यक्रम बलम्बु, चन्द्रागिरी–१२ मा सम्पन्न भयो ।कान्तिपुर रक्तसंचार सेवाको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा २८ जना महिला सहित ८३ जनाले रक्तदान गर्नुभएको थियो । हसना सोसियल सोसाइटीका अध्यक्ष सम्पूर्ण महर्जनको […]
२०७८ चैत्र ४ गते शुक्रबार ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को अह्वानमा Global Youth Day को अवसरमा बनेपा एस.डि.ए. युथको आयोजना, ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काभ्रे शाखाको सहकार्यमा र शीर मेमोरियल एडभन्टिु्ट अस्पताल बनेपाको सहयोगमा अस्पताल कै प्राङ्गणमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । ब्लोदान काभ्रेका अध्यक्ष गणेश रंजित, ब्लोदान केन्द्रीय समिति […]
हिजो मिति २०७८ चैत्र ५ गते शनिबार सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर-५ मा सिन्धु एकता सेवा समाजको आयोजनामा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को आह्वानमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । पहाडी ठाउँको स्वच्छ वातावरणमा नेरेसो, भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा श्री सम्पदा मा. वि. को प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा जम्मा ६५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गर्नुभएको […]
ब्लड डोनर्स एशोसिएसन (ब्लोदान) को आयोजना, काठमाडौ महानगर पालिकाको सहयोग तथा कामपा २३ वडाको समन्वयमा आज मिति २०७८ चैत ४ गते शुक्रबार यङ्गाल स्थित ओलम्पस क्लबको सभाहलमा आयोजित रक्तदान सम्बन्धि उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरीयो । उक्त अवसरमा काठमाडौ महानगरपालिका सामाजिक विकास विभागका प्रमुख पदम केशर अधिकारी ज्युले कार्यक्रमको लागि महानगरपालिकावाट रक्तदाताहरु बढाउन उत्प्रेरित गर्ने जुन […]
विगत लामो समय देखि रक्तदानका क्षेत्रमा उल्लेख्य सहयोग तथा रक्तदाताहरुलाइ उत्प्रेरणा जगाउने विभिन्न मानविय कार्य गरी आउनु भएका समाजसेवी तथा ब्लोदान काठमाडौं जिल्ला शाखाका पुर्व सचिव अनिलरत्न तुलाधरका पिता स्व.पुर्ण रत्न तुलाधर ८७ वर्षको उमेरमा आफ्नो स्थुल शरिरलाइ सदाकालागी हामीमाझ सुम्पेर परमात्माका सन्निकट २०७८ साल फाल्गुण २८ गते जानु भएको छ । २०७८ साल फाल्गुण […]
मिति २०७८ फागुन २७ गते शुक्रवारका दिन ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)को आयोजना तथा काठमाडौं महानगरपालिकाको सहयोगमा स्वयंसेवी रक्तदान सम्बन्धी उत्प्रेरणामूलक कार्यक्रम काठमाडौं महानगरपालीका वडा नं. ६ बौद्धमा सम्पन्न भयो । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरूमा संचालन गर्ने लक्ष्य राखे अनुसार यस आर्थिक वर्ष २०७८/७९ मा छ वटा वडाहरुमा संचालन गरीने र बाकी २६ वटा […]