आगामी कार्यक्रम

न:टोल ललितपुरमा रक्तदान हुदै
February 23rd, 2024

सि:जल बहुउद्येश्यीय सहकारी संस्था लि र लायन्स क्लव अफ ललितपुर क्रियटिभको संयुक्त आयोजनामा निम्न मिति र स्थानमा रक्तदान हुने भएको छ ।

दोश्रो अन्तर्राष्टिय रक्त सम्मेलनको उपलक्षमा वृहद रक्तदान हुदै
February 22nd, 2024

ललितपुर महानगरपालिका २८,२९ र समाधान समाजको आह्वानमा दोश्रो अन्तर्राष्टिय रक्त सम्मेलन तथा विभिन्न व्यक्तीहरुको जन्मदिनको उपलक्षमा वृहद रक्तदान कार्यक्रमको आयोजना निम्न मिति स्थान र समयमा गरिएको छ ।

विश्व रक्तदाता मैनालीको सम्झनामा श्रध्दाञ्जली सभा
February 21st, 2024

ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) का संस्थापक सदस्य तथा विश्वका ६ वटा महादेशका २० देशमा पुगेर २०६ पटक रक्तदान गर्नु भएका स्व. अर्जुन प्रसाद मैनालीको १३औ दिनको पुण्य तिथीमा ब्लोदानको आयोजनामा यही मिति २०८० साल फागुन १२ गते शनिवार विहान ७:३० बजे एशियन पब्लिक स्कूल कामपा २९ घट्टेकुलो अनामनगरमा हुने भएको छ ।

टौदहमा मिति २०८०/११/१२ शनिवार रक्तदान हुदै
February 20th, 2024

नेपाल रेडक्रस साेसाइटीको आयोजान तथा किर्तिपुर नगरपालीका वडा नं ६ कार्यालय चोभारको सहयोगमा  किर्तिपुरको सुन्दर पर्यटकिय क्षेत्र टौदहमा मिति २०८०/११/१२ गते शनिवार आयोजना हुन लागेको खुला रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्नु हुन अनुरोध छ । समय विहान १० बजे देखि २ बजे सम्म

महालक्ष्मी महोत्सवमा रक्तदान हुने
February 18th, 2024

महालक्ष्मी एकता समाजको आयोजनामा  मिति: २०८० फागुन ७ गते सोमबार( प्रजातन्त्र दिवस) का दिन बोझोपोखरी मन्दिर इमाडोल ललितपुर मा बृहद रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । समय विहान ८ बजे देखि दिनको १ बजे सम्म ।

रक्तदान तथा जनचेतना
February 18th, 2024

ब्लोदान ललितपुरको आयोजनामा  ललितपुर महानगरपालीका वडा नं २७ सुनाकोठीको सकृयतामा एक दिने मनो सामाजिक सु-स्वास्थ्य कार्यक्रम २०८० फागुन ६ गते आइतवार समय विहान ११ बजे देखि २ बजे सम्म स्थान सुनाकोठी २७ वडा कार्यालयको सभाहल

Search Blood Group

Male       Female

उपयोगी लिङ्कहरू