ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को २३औं साधारण सभा तथा सम्मान कार्यक्रम ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्व तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यज्यूको प्रमुख आतिथ्यतामा काठमाडौंमा सम्पन्न भयो । पूर्व संचार मन्त्री मोहनकुमार बस्नेत विशेष अतिथि रहनु भएको सो सभाका अन्य अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटि केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेल, ब्लोदानका संस्थापकहरु, […]
ब्लोदानद्वारा प्रकाशित रक्तदान उत्प्रेरणा सम्बन्धी ११ भाषामा अनुवादित पुस्तक ‘विश्व रक्तदाता’ अर्जुन मैनालीले पहिलो पटक रक्तदान गरेको मिति भाद्र ४ गतेको अवसर पारी आज विज्ञप्ती मार्फत बिमोचन गरियो । उहाँले आजकै दिन अर्थात मिति वि. सं. २०४४ साल भाद्र ४ गते १९ वर्षको उमेरमा पहिलोपटक रक्तदान गर्नु भएको थियो ।
A blood donation program was organized by Pashupati Marwadi Sewa Sangh at Bhugol Park, Newroad, Kathmandu with technical support of NRCS, Central Blood Transfusion Service. Thanks to all Voluntary blood donors, Organizer, Technical team members and Volunteers from BLODAN Machakaji Maharjan, Bishnu Raj Shrestha, Shyam Krishna Shrestha, Tilak Bdr. Adhikari, Bhushan Bajracharya and Kishor Shikhrakar. […]
विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण देशभर लकडाउन भएको अवस्थामा उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई भैरहेको कठिनाइलाई ध्यानमा राखी ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को पहलमा आकस्मिकरूपमा रक्तदाता रहेकै स्थानहरुमा गई रक्त संकलन कार्य शुरु गरेको छ । यहि मिति २०७६ चैत्र १४ गतेबाट शुरु भएको सो संकलनबाट आज २०७६ वैशाख ३१ गतेसम्ममा […]
प्रथम राष्ट्रिय रक्त सम्मेलन : ब्लोदानले रक्तदानको क्षेत्रमा गर्दै आइरहेको कार्यहरूको मुल्यांकन एवं समिक्षा गर्नको साथै रक्तदानको क्षेत्रमा लागिरहनुभएका देश विदेशका महानुभावहरूको विचार एवं कार्य प्रणाली तथा शैलीको विषयमा छलफल गर्नको लागि ब्लोदानको आयोजनामा गत २०७० जेष्ठ ३० र ३१ गते दुइदिने प्रथम राष्ट्रिय रक्त सम्मेलन सम्पन्न भयो । विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधीहरू सहभागिता […]
आज मिति २०७६ पौष १६ गते तदनुसार १ जनवरी २०२०का दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) तथा काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को संयोजन तथा सहलह: बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम संस्थाको प्राङ्गण, सामाखुसी, काठमाडौंमा सम्पन्न भयो । केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा जम्मा ४६ जना स्वयंसेवी […]
ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)ले आप्mनो २६ औं स्थापना दिवस एवं चौथो राष्ट्रिय रक्तदाता दिवस २०७५ काठमाडौं महानगरपालिकाका उप प्रमुख श्रीमती हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा ब्लोदानका संरक्षक भाष्कर राज राजकर्णिकार, केन्द्रीय रक्तसंचार सेवाका निर्देशक डा. मनिता राजकर्णिकार, वरिष्ठ हांस्य कलाकार […]
काठमाडौं, जेष्ठ २२ गते । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले विगत वर्षहरुमा झैं यस वर्ष पनि विश्व रक्तदाता दिवस विभिन्न सप्ताहव्यापी कार्यक्रमहरुको आयोजना गरी मनाउने जानकारी गराएको छ । यहि विषयका बारे जानकारी गराउन २०७६ जेष्ठ २२ गते रिपोर्टर्स क्लबमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । जस अनुसार, यही जेठ २४ गतेदेखि जेठ […]